मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनताको अधिकार कुण्ठित गर्ने संविधान मान्य हुँदैन : बादल

जनताको अधिकार कुण्ठित गर्ने संविधान मान्य हुँदैन : बादल


चितवन । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले जनताको हक अधिकारलाई कुण्ठित गर्ने संविधान जनतालाई मान्ने नहुने वताएका छन् । नेकपा–माओवादी मध्यक्षेत्र ब्युरोले भरतपुरमा आयोजना गरेको ‘कस्तो बन्नुपर्छ जनताको संविधान ?’ विषयक अन्तरक्रियामा थापाले जनताले परिवर्तनकारी संविधान चाहेको बताएका हुन् ।
 
जनता भनेका मजदुर र किसान भएको भन्दै उनले जनताको हक अधिकार स्थापित गर्ने संविधान आजको आवश्यकता रहेको बताएका हुन् । ‘जनता भनेका गरिब, उत्पीडित, दरिद्र हुन्’ उनले भने, –‘यस्ता जनताको हक अधिकार स्थापीत गर्नुपर्ने ठाउँमा शक्ति र पहुंचका आधारमा संविधान जारी गर्न खोजिएको छ’ । जनतालाई परिभाषित गर्दै महसचिव बादलले श्रम नगर्ने शोषकलाई जनता भन्न नमिल्ने बताए ।
 
‘नेपाललाई माया गर्नेलाई जनता भन्नुपर्छ, चाहे टोपी लगाउन्, वा धोती लगाउन्’ उनले भने, –‘यहाँ त ठग्ने र लुट्ने छन्, यिनीहरु जनता होइनन् ।’ संविधानको परिभाषा दिँदै महासचिव थापाले भने, ‘आदेश गर्ने र निर्णय लिनेलाई संविधान भनिन्छ, जुन जनताको हातमा छैन, त्यसैले यो संविधान हामीलाई मान्य हुदैन ।’
 
कार्यक्रममा बोल्दै नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषालले जनतालाई एक थान संविधान भन्दापनि जनताको आवाज बोल्ने संविधान चाहिएको बताइन् । संविधान आउनुअघि जनतामाझ जाँदा जनताले संविधानको मस्यौदामा त्रुटी देखाएकाले यस्तो संविधान जनतालाई मान्य नहुने उनको भनाइ थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा, युवराज भट्टलगायतले मन्तव्य राखेका थिए ।