मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस महाधिवेशन फेरि सर्यो

कांग्रेस महाधिवेशन फेरि सर्यो


काठमाडौँ । कांग्रेस महाधिवेशन फेरि सरेको छ । शनिवार वालुवाटारमा बसेको केन्द्रिय समितिको वैठकले स्थानीय तहको चुनावको मिति दुई साता पर सारेको हो ।
 
भदौ १ गते देखि गर्ने भनिएको गाउ देखि जिल्ला तह सम्मको अधिवेशनको मिति सारेर भदौ १७ गते पुरयाइएको छ ।केन्द्रीय समिति बैठकले भदौ १ गतेका लागि तय भएको अधिवेशन भदौ १७ गते र भदौ सात गतेका लागि तय भएको क्षेत्रीय अधिवेशन भदौ २२ गते र जिल्ला अधिवेशन भदौ २५ गते गर्ने गरी कार्यतालिका परिवर्तन गरिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले  बताए ।
 
यसअघि कांग्रेस केन्द्रीय समितिले दोस्रो पटक तय गरेको कार्यतालिका अनुसार क्षेत्रीय अधिवेशन भदौ ७ र जिल्ला अधिवेशन भदौ १० गते गर्ने निर्णय गरेको थियो ।केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन गरिएको छैन । १३ महाधिवेशन असोज २देखि ५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।