मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्थानीयले बनाए चितवनको टिकौलीमा प्रहरी बिट

स्थानीयले बनाए चितवनको टिकौलीमा प्रहरी बिट


रत्ननगर । स्थानीयको पहलमा टिकौलीमा नयाँ प्रहरी बिट स्थापना गरिएको छ ।
 
विभिन्न संघसंस्था तथा व्यक्तिबाट आर्थिक संकलन गरी टिकौलीमा रहेको भत्कन लागेको कृष्ण मन्दिर प्रतिक्षालयलाई मर्मत गरी स्थानीयले प्रहरी बिट बनाएका हुन् । चितवनका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले शनिबार प्रहरी बिटको उद्घाटन गरेका थिए ।
 
एक लाख ७५ हजारको लगानीमा निर्माण गरिएको प्रहरी बिटमा प्रहरी सहायक निरीक्षक खेमबहादुर थापाको नेतृत्वमा अन्य तीन जना प्रहरीहरु रहने इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
 
सो क्षेत्रमा शान्तिसुरक्षा र बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरी प्रहरी बिट स्थापना गरिएको उनले बताए । 
 
सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भुपेन्द्र अधिकारीले स्थानीयस्तरमा शान्ति सुरक्षा र अमनचयन स्थापना गर्न रत्ननगर आसपासका ठाउँहरुमा प्रहरी बिट स्थापना गरिएको बताए ।
 
उनले यसअघि टाँडी र पदमपुरमा बिट निर्माण गरिसकिएको र शान्तिचोक, जिरौना, खोलेसिमलमा प्रहरी बिट निर्माणको काम भइरहेको जानकारी दिए ।
प्रहरी बिट निर्माण तथा व्यवस्थापन समितिका सहसंयोजक बसन्तप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया, श्रीकृष्ण मन्दिर टिकौलीका अध्यक्ष कृष्णराज शास्त्री, पञ्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठ, वडा नागरिक मञ्चको संयोजक महादेवी खतिवडा, समितिका सहसचिव नन्दलाल रेग्मीलगायतले मन्तव्य दिएका थिए ।