मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

म्यानमारमा बाढीबाट पच्चीसको ज्यान गयो

म्यानमारमा बाढीबाट पच्चीसको ज्यान गयो


याङ्गुन । म्यानमारमा बाढीका कारण कम्तीमा पनि २५ जनाको ज्यान गएको समाचार छ । म्यानमारका विभिन्न क्षेत्रमा जारी रहेको भारी वर्षापछि बाढीको प्रकोप निकै बढेको छ । सो बाढीका कारण अरु पनि कयौँ नागरिक हराएका छन् । 
 
तीन दिनदेखि जारी वर्षा र त्यसपछिको बाढीले कयौँ नागरिक घरबार बिहीन भएका छन् । साथै सो वर्षाका कारण उद्वारको काममा पनि कठिनाई उत्पन्न भएको बताइएको छ । 
 
म्यानमारमा बाढीबाट बर्सेनि ठूलो सङ्ख्याका नागरिक घरबारबिहीन हुने गरेका छन् । रासस/एएफपी