मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अलेपोमा पच्चीस विद्रोही र नौ सैनिक मारिए

अलेपोमा पच्चीस विद्रोही र नौ सैनिक मारिए


बेरुत । सिरियाली सहर अलेपोमा अवस्थित एक सुरक्षा जाँच चौकीमा त्यहाँका विद्रोहीले गरेको आक्रमणमा परी ३४ जनाको ज्यान गएको छ । 
 
प्राप्त पछिल्लो समाचारअनुसार यसरी मारिनेमा २५ जना विद्रोही र नौ जना सैनिक पनि परेका छन् । अलेपोको सो सैनिक पोष्टमा विद्रोहीले शुक्रबार राति आक्रमण गरेका थिए । सो आक्रमणमा परी नौ जना सैनिक पनि मारिएका बताइएको छ ।
 
सो जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सल सो जानकारी दिएको छ । सिरियाको उत्तरी क्षेत्रमा अवस्थित यस नगरमा विगत लामो समयदेखि विद्रोह जारी नै रहेको छ ।
 
उक्त अधिकारवादी संस्थाले मारिनेमा विद्रोहीका तीन जना कमाण्डर पनि परेका छन् । विद्रोहीले सो सैनिक पोष्टलाई घेराहाली आक्रमण थालेका थिए ।
 
तर सो आक्रमणलाई असफल भनी टिप्पणी गरेका छन् । सिरियाको सरकारी समाचार समिति सानाले अलेपोमा कयौं विद्रोही नागरिक मारिएको समाचार दिएको छ ।
  
उक्त नगरमा विगत लामो समयदेखि आइएसको पनि आक्रमण हुने गरेको छ । यस आक्रमणबाट कयौं नागरिकको ज्यान गएको छ । रासस/एएफपी