मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिरोमा ज्यान गुमाउने १८ जनाको सामूहिक अन्त्येष्टि

पहिरोमा ज्यान गुमाउने १८ जनाको सामूहिक अन्त्येष्टि


पोखरा । भारी वर्षाका कारण कास्कीको लुम्लेमा खसेकोपहिरोमा परेर मृत्यु भएका १८ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । पहिरोमा ज्यान गुमाएका ३१ को शव फेला परेको छ भने आठ अझै बेपत्ता छन् । 
 
उनीहरुको नयाँ पुलनजिकैको घाटमा अन्तिम संस्कार गरिएको हो । लुम्लेमा अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने चारजना अझै वेपत्ता छन् । मृतकहरुका आफन्तहरुलाई थप दुःख नहोस् भनेर प्रहरीले घटनास्थलमै चिकित्सक लगेर पोष्टमार्टमको व्यवस्था गरेको थियो ।
 
शुक्रबार दिउँसोसम्म ३१ जनाको शव फेला परेको छ । भदौरे तामागीमा ५ र ढिकुरपोखरीमा २ जनाको शव फेला परेको हो । लुम्लेमा बिहानैदेखि खोजिमा जुटेको सुरक्षाकर्मीको टोलीले माझघरकी ७२ बर्षिया सियोधरी देवकोटाको शव भेटेको थियो ।
 
भदौरेतामागी–५ को घाँटीछिना डुडाको खेतमा चार र लुम्लेमा चार गरी आठजना अझै वेपत्ता रहेका प्रहरीले जनाएको छ । उनीहरुको नेपाली सेना, शशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित स्थानीयबासीको टोलीले बिहानैदेखि खोजी जारी राखेको छ ।
 
बेपत्ता हुनेहरुमा भदौरे तामागीमा–१० महिनाका किस्मत सुनार, ५ वर्षीय विश्व पराजुली, ७ वर्षीय समिर पराजुली र १० वर्षीय मनबहादुर सुनार रहेका छन् । यसैगरी लुम्लेमा ६८ वर्षीय ईन्द्रप्रसाद देवकोटा, ६२ वर्षीया रुद्रववति देवकोटा, ५ वर्षीया कविता शेर्पा र ५ महिनाकी अञ्जली शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिए ।