मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैको अपनत्व हुने गरी संविधान जारी गर्न देउवालाई मोदीको सुझाव

सबैको अपनत्व हुने गरी संविधान जारी गर्न देउवालाई मोदीको सुझाव


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको अपनत्व हुने गरी संविधान जारी गर्न सुझाव दिनुभएको छ । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवासँग शुक्रबार रेड कोर्स रोडमा भएको भेटवार्तामा मोदीले सबैको अपनत्व हुने गरी संविधान जारी गर्न सके नेपालमा दिगो शान्ति र समृति हुने भन्दै सबैलाई मिलाएर संविधान जारी गर्न सुझाव दिनुभएको हो ।
 
उहाँले विनासकारी भुकम्पबाट भएको क्षतिका पुर्ननिर्माणमा के भईरहेको छ भन्ने विषयमा चासो राख्दै नेपालको विकास निर्माणमा
भारतको सहयोग र समर्थन सधैं रहने आश्वासन दिएका थिए ।
 
देउवाले नेपालमा सबैको सहमतिमा संविधान जारी गर्ने गरी सबैसँग छलफल भईरहेको भन्दै मधेसी दलहरुलाई समेत मिलाएर संविधान जारी गर्न लागि परेको बताउनुभएको थियो । छलफलमा महाकाली सन्धी आफ्नै पालामा भएकोले महाकाली सन्धी कार्यान्वयनको विषय उठाएको देउवाले बताउनुभयो ।
 
जसमा मोदीले यसमा सकारात्मक प्रतिक्रिया दिदै नेपालको जलविद्युत निर्माणमा भारतले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । देउवाले आफू प्रधानमन्त्री हुँदा भाजपा नेता अटल बिहारी बाजपेयी नेतृत्वको भारतीय सरकारसँग गरेको एकीकृत महाकाली सन्धी कार्यान्वयनमा भारतीय सहयोगको अपेक्षा गर्नुभएको छ ।
 
देउवाले शुक्रबार नै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा गृहमन्त्री सिंहले सबैलाई सहमतिमा ल्याएर छिटो संविधान जारी गर्न सुझाव दिनुभयो ।