मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्थानीयवासीलाई संरक्षण गर्न सभासद अधिकारीसँग माग

स्थानीयवासीलाई संरक्षण गर्न सभासद अधिकारीसँग माग


चितवन । वर्षातका कारण खोलाको आसपासमा बसोवास गर्दै आएका जनताहरुले सुरक्षित वासस्थानको माग गरेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका १४ गौरीगाउँ वस्ने सर्वसाधारणले यस्तो माग गरेका हुन् । 
 
वर्षातका कारण पूर्विचितवनमा रहेको कयरखोलाबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै निरीक्षणका लागि पुगेका संविधानसभा सदस्य शेषनाथ अधिकारीसंग सो क्षेत्रका जनताले यस्तो माग गरेका हुन । ६० घर रहेको सो गाउँमा वर्षाका कारण जोखिममा रहेको भन्दै उनीहरुले वस्ती स्थानान्तरण नभई सुरक्षित वसोवासको व्यावस्था मिलाउन माग गरेका हुन् ।
 
वस्ती स्थानान्तरण गर्दा राज्यलाई भार पर्ने भन्दै उनीहरुले सोही स्थानको संरक्षण गर्नका लागि माग गरेका हुन् । हरेक वर्ष वर्षातको समय सुरु भएसंगै सो स्थानका जनता रातको समयमा कहिल्यै सुत्न नपाएको स्थानीय प्रेमकुमार श्रेष्ठले बताउनुभयो । 
 
विगत लामो समयदेखि सो स्थानमा वस्दै आएका ती सुकुम्वासीहरुलाई अहिले वासको संरक्षण गर्न समस्या देखिएको छ । उनिहरुको यो समस्या समाधानका लागि स्थानिय प्रशासनसंग पटकपटक आग्रह गर्दा समेत वेवास्ता गरेको भन्दै सदस्य अधिकारीमाथि गुनासो पखेका थिए ।
 
स्थानीय विष्णुप्रसाद भट्ट आफुहरुलाई स्थानिय प्रशासनले तेस्रो दर्जाको नागरिकका रुपमा हेर्ने गरेकोसमेत बताए । केही दिनअघि आएको वर्षातका कारण सो गाउँका ६ घर बगाएको र अन्य घरसमेत उच्च जोखिममा रहेकाले यस क्षेत्रको संरक्षण गरिदिन उनिहरुको माग रहेको थियो । 
 
अनुगमनपछि जनतालाई सम्वोधन गर्दै संविधान सभा सदस्य शेषनाथ अधिकारीले  जनताको मागलाई संम्वोधन गर्न स्थानीय निकायसंग पहल भइरहेको बताउनुभयो । यस क्षेत्रको दीर्घकालीन सुरक्षाका लागि स्वीस सरकारसंग चार वर्षे पूर्वि चितवन नदी व्यावस्थापन तथा जीविकोपार्जन कार्यक्रम संञ्चालन गरीएको बताउनुभयो ।
 
अहिले वर्षातको समय सुरु भई सकेको भन्दै उहाले खोलामा पानी बहाव कम भएसंगै अल्पकालीन र वर्षात रोकिएपछि दीर्घकालीन रुपमा यस क्षेत्रको संरक्षण गरिने सदस्य अधिकारीले जानकारी दिनुभयो ।