मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

युनिटी लाइफका सञ्चालक दाजुभाइ पक्राउ

युनिटी लाइफका सञ्चालक दाजुभाइ पक्राउ


काठमाडौं । नेटवर्किङ व्यवसायका नाउँमा सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु खत्री र कृष्ण क्षेत्री पक्राउ परेका छन् ।
 
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले युनिटीका प्रवन्ध निर्देशक विष्णु र तालिम निर्देशक कृष्ण क्षेत्री दाजुभाइलाई नेपाल–भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको हो । विहान साढे ५ बजेतिर लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ । पवर्तको आर्थर डाँडाखर्क ३ का ४७ वर्षका कृष्ण र ४२ वर्षका विष्णु दाजुभाइ हुन् ।
 
मरेको नाटक गर्दा फन्दामा 
 
असार २३ गते विहानै कृष्ण क्षेत्रीले ललितपुरको भैसेपाटीमा आफ्नो भाइ विष्णुको हत्या भएको भन्दै फेसबुकमा शंकास्पद तस्वीर पोष्ट गरेका थिए । उनले रगतजस्तो केही लागेको सेतो कपडाले शरीर छोपेको र नाकमा कपास राखेको अवस्थामा विष्णु लडिरहेको तस्वीर पनि शेयर गरेका थिए ।
 
लामो समयदेखि फरार विष्णु मारिएको हल्ला चलेपछि प्रहरीलाई पनि सुरुमा के हो भन्ने पर्‍यो । तर, विहान साढे १० बजेतिर विष्णुकी पत्नी श्रीषाले आफ्नो पतिको हत्या नभएको स्पष्टिकरण दिइन् ।
 
प्रहरीलाई नै चुनौती दिने गरी मृत्युको नाटक गरेपछि अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालले प्रहरी निरीक्षक सुदिप पाठकको कमाण्डमा फिल्डमा टोली खटाए ।
 
साथै यो प्रकरणमा खनालले भारतीय सुरक्षा अधिकारीहरुसँग समेत समन्वय गरेको स्रोतले बताएको छ । मरेको नाटक गरेर प्रहरीलाई चुनौती दिन खोजेका क्षेत्री दाजुभाइ आफैं प्रहरी फन्दामा परेका छन् ।
 
सरकारले वातावरण बनाए पैसा फिर्ता
 
गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्स लगायतका आर्थिक गतिविधि सञ्चालन गरेर सार्वसाधारणको अर्बौं ठगेको भन्दै सरकारले चार वर्ष अघि कारबाही सुरु गरेको थियो ।
 
ललितपुर जिल्ला अदालतले १७ चैत २०७० मा ठगीको अभियोगमा तीन वर्ष कैद १ करोड ६ लाख २६ हजार २७६ जरिवानाको फैसला सुनाएको थियो । युनिटी ठगी प्रकरणमा अध्यक्ष काशी गुरुङ यसअघि नै पक्राउ परेपनि क्षेत्री दाजुभाइ फारर थिए ।
 
पक्राउ परेका क्षेत्री दाजुभाइले सरकारले वातावरण बनाए सबैको रकम फिर्ता दिने दाबी गरेका छन् । उनीहरुले भने९‘हामी सबैको रकम फिर्ता दिन तयार नै छौं । त्यही भएर आएका हौं । तर, सरकारले वातावरण बनाउनुपर्छ ।’
 
नेपालमा विभिन्न सात स्थानमा जग्गा तथा अस्पतालमा लगानी भएको उनीहरुले बयान दिएका छन् ।