मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द


काँकडभिट्टा, झापा । झापामा गर्मी बढेपछि बिहीबारदेखि एक हप्ताका लागि निजी विद्यालयले पठनपाठन बन्द गरेका छन्। गर्मीका कारण धुलाबारीको इस्ट होराइजन उमावि, हिमालयन, इङ्लिस एकेडेमी, काँकडभिट्टाको नर्थपोइन्ट बोर्डिङ स्कुल, मेची मोडल एकेडेमीलगायतले नर्सरीदेखि कक्षा सातसम्मको पठनपाठन बन्द गरेका हुन् ।
 
माविस्तरका कक्षा भने बिहानको समय सञ्चालन गरिरहेको इस्ट होराइजन उमाविका प्राचार्य सन्दिप राईले बताए। गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गर्न बाध्य भएको विद्यालयले जनाएको छ। सामुदायिक विद्यालय बर्खे बिदाका कारण बन्द रहेका छन् । झापामा विगत तीन दिनयता तापक्रम ३५ डिग्री सेल्सियस पुगेको छ ।
 
गर्मीका कारण झापाका बजार र यातायातको चहलपहल समेत न्यून भएको पाइएको छ। बजारमा चिसो पेय पदार्थ, आइसक्रिम, खरबुजालगायतको बिक्री बढेको छ। रासस