मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोको हरामका विरुद्ध लड्न विश्व समुदायसँग आग्रह

बोको हरामका विरुद्ध लड्न विश्व समुदायसँग आग्रह


न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आतङ्कवादी संगठन बोको हरामका विरुद्धमा लड्न विश्व समुदायसँग आग्रह गरेको छ । 
 
उक्त परिषदले यसका विश्वका सदस्य राष्ट्रहरुलाई बोको हरामका विरुद्धमा लड्नका लागि सहयोग र सहमतिका लागि आग्रह गरेको हो । 
 
नाइजेरियाली उक्त आतङ्ककारी संगठनले हालैका दिनमा नागरिक हत्याको शृङ्खला नै चलाएको छ । विश्व आतङ्ककारी संगठन अल कायदासँग यसको पनि सम्बन्ध रहेको छ । 
 
उक्त परिषद्ले यस आतङ्ककारी संगठनका विरुद्धमा लड्नका लागि विश्वका सबै राष्ट्रहरुसँग आग्रह गर्दै आतङ्कवाद विरुद्धको सङ्घर्षमा एकताबद्ध हुन पनि आह्वान गरेको हो ।
 
यसका साथै उक्त परिषदले अफ्रिकी देशहरुमा आतङ्कवादको नियन्त्रणका साथै त्यहाँका गरिब र अभावमा बाँचिरहेका नागरिकलाई पनि सहयोगका लागि विदेशी दाता राष्ट्र एवम् निकायलाई पनि आग्रह गरेको छ । रासससिन्ह्वा