मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

दीपा बनिन् इन्दिरा गान्धी!

दीपा बनिन् इन्दिरा गान्धी!


बलिउड अभिनेत्री दीपा शाही १८ वर्षपछि ‘माझी–द माउन्टेन म्यान’ फिल्मबाट बलिउडमा कमब्याक गर्दैछिन्। उनले फिल्ममा भारतकी चौंथो एवं पहिलो महिला प्रधानमन्त्रीको भूमिका निभाएको खुलासा गरेकी छिन्। फिल्मलाई उनकै पति केतन मेहताले निर्देशन गरेका हुन्। 
 
२२ वर्षसम्म ह्याम्मर र छिनोको भरमा पहाड फोरेका श्रमिक ‘दशरथ माझी’ माथि बनेको बायोपिक फिल्ममा आफूले निभाएको भूमिकाका बारेमा दीपाले भनेकी छिन्,‘हो मैले यो फिल्ममा इन्दिरा गान्धीको केमियो भूमिका गरेको छु । म सधैं उहाँप्रति नतमस्तक हुँदै आएको छु । मलाई लाग्छ जोकोही अभिनेत्रीले  पर्दामा उहाँको भूमिका निभाउने सपना साँचेको हुन्छ।’
 
उनले पहिलेदेखि नै इन्दिरा गान्धीमाथि फिल्म बनाउन चाहेको र एकपटक पत्रकार एम जे अकबरसँग सल्लाह भएको तर, देशको कानुनी झमेलाले रोकेको पनि बताएकी छिन् ।
 
‘माझी–द माउन्टेन म्यान’ मा नवाजुद्धिन सिद्धिकीले दशरथ माझीको भूमिका गरेका छन् भने राधिका अप्तेले दशरथकी श्रीमती फाल्गुनी देवीको भूमिका गरेकी छिन् । फिल्म अगष्ट १५ मा रिलिज हुँदैछ। – एजेन्सी