मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वयुवराज पारस डिस्चार्ज

पूर्वयुवराज पारस डिस्चार्ज


पूर्व युवराज पारस शाह नर्भिक इन्टरनेशनल हस्पिटलबाट वुधबार डिस्चार्ज भएका छन ।
 
एक्कासी मुटूको चाल असामान्य भएपछि ४३ वर्षीय पारसलाई गत आइतवार अस्पतालमा भर्ना गरिएको थियो ।
 
पारसलाई गत आइतबार नै मुटुको चाल नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेवल कार्डियोभर्टर डेफिव्रिलेटर (आईसीडी) छातीमा प्रत्यारोपण गरिएको थियो ।
 
छाती वा पेटमा प्रत्यारोपण गरिने यो सानो यन्त्र आईसीडीले असामान्य मुटुको चालको उपचार गर्छ । यसले विद्युतीय स्पन्दन वा झड्काको माध्यमले ज्यान लिन सक्ने खालको मुटुको चालको असमान्यतालाई नियन्त्रित गर्छ ।
 
अस्पतालले प्रत्यारोपण गरिएको आईसीडीको  सबै आधारभूत मापदण्डहरु सामान्य र सन्तोषजनक पाइएकोले पारसलाई डिस्चार्ज गरिएको जनाएको छ ।