मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मादकपदार्थ सेवन गरेर ढुंगा प्रहार गरी हत्या

मादकपदार्थ सेवन गरेर ढुंगा प्रहार गरी हत्या


नवलपरासी । नवलपरासीको गैडाकोट १४ अमरापुरीमा आज रक्सी सेवन गरेर झगडा गर्ने क्रममा एकजनाको हत्या भएको छ ।
संगै रक्सी खाएर झगडा गरेका गैडाकोट १५ अमरापुरीका ३५ बर्षीय गोविन्द पौडेललाई अमरापुरीमा रहेको संयुक्त वडा कार्यालयअगाडि सुतिरहेको अवस्थामा ४५ बर्षीया सीताराम विकले ढुंगा प्रहार गरी हत्या गरेका हुन् ।
 
विकले पौडेललाई टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्ने सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रजहरमा राखेको छ । मृतकको शव पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
 
त्यस्तै नवलपरासीको देवचुली नगरपालिका ४ कृतिपुरमा आज एक जनाको शव भेटिएको छ । देवचुली १ केउरानीका ४५ बर्षीय देवानन्द भण्डारीको शव भेटिएको हो । शव अहिले पोष्टमार्टमका लागि केउरानी लगिएको छ ।