मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

४ सय ८३ जनालाई अपांगता परिचयपत्र वितरण

४ सय ८३ जनालाई अपांगता परिचयपत्र वितरण


चितवन-आर्थिक वर्ष २०७१/७२ मा महिला तथा बालबालिका कार्यालय चितवनले ४ सय ८३ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । कार्यालयले पूर्ण अशक्त, अति अशक्त, मध्यम अशक्त र सामान्य अपाङगता भएका गरी ४ किसिमको वर्गिकरण अनुसार सो संख्यामा परिचयपत्र वितरण गरेको हो ।

अपाङगताको वर्गिकरण अनुसार पूर्ण अशक्तलाई रातो, अति असक्तलाई निलो, मध्यमलाई पंहेलो र सामान्यलाई सेतो कार्ड वितरण गर्ने गरिएको कार्यालयले जनाएको छ । परिचयपत्र पाउनेहरुमा पूर्ण अशक्त तर्फ महिलाहरुमा १३ र पुरुषहरु २२ रहेका छन् । त्यस्तै अति अशक्तमा महिला १ सय १३ र पुरुष १ सय २७, मध्यममा महिला ५५ र पुरुष ७४, सामान्य अपाङगतर्फ महिला २७ र पुरुष ५२ जनाले परिचय पत्र प्राप्त गरेको कार्यालयले जनाएको छ ।

गतवर्ष भने जम्मा २ हजार ८ सय ५५ जनाले अपांगता परिचयपत्र प्राप्त गरेको महिला तथा बालबालिका कार्यालयकी सहायक महिला विकास निरीक्षक निमा खड्काले जानकारी दिइन् । ०६४ साल साउन १ गतेदेखि अपाङगता परिचयपत्र वितरण सुरु गरेको कार्यालयले यही असार मसान्तसम्म ३ हजार ३ सय ३८ जनालाई अपाङगता परिचयपत्र वितरण गरेको उनको भनाइ छ ।

अपाङगता भएका व्यक्तिलाई उपलब्ध गराइने सेवा सुविधा प्राप्त गर्न परिचयपत्रको माध्यमबाट सहज हुने उनले बताइन् । रातो कार्ड प्राप्त गर्ने व्यक्तिले स्थानीय गा.वि.स. वा नगरपालिकाबाट मासिक १ हजार भत्ता पाउने छ । रातो कार्ड प्राप्त गर्ने व्यक्ति एकदमै असत्त हुने र त्यसका कुनैपनि अंग नचल्ने भएकाले अन्य सेवा सुविधा ग्रहण गर्न नसक्ने कार्यलयको भनाइ छ ।