मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बजरंगी भाइजानमा कसरी पुगिन् हर्षाली ?

बजरंगी भाइजानमा कसरी पुगिन् हर्षाली ?


बजरंगी भाइजानकी मुन्नी अर्थात् हर्षाली मल्होत्रा अहिले निकै चर्चित छिन् । सलमान खान स्टारर फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी बालकलाकार हर्षालीलाई भविष्यकी सुपरस्टारका रुपमा हेर्न थालिएको छ ।
 
पछिल्लो फिल्ममै सलमानजस्ता स्टारसँग अभिनय गरेकी सात वर्षीया हर्षाली भविष्यमा भने करिना कपुर र कैट्रिना कैफझैं चर्चित हिरोइन बन्न चाहन्छिन् । उनी बजरंगी भाइजानका कास्टिङ डाइरेक्टर मुकेश छावडामार्फत यस फिल्ममा प्रवेश गरेकी हुन् । 
 
आमा काजल र कास्टिङ डाइरेक्टर छावडाबीच चिनजान थियो । छावडाले बजरंगी भाइजानका लागि तगडा अभिनय गर्ने बच्ची चाहिएको बताएका थिए । सोहीअनुसार काजल छोरी हर्षाली लिएर उनीहरुलाई भेट्न गइन् । छावडा हर्षालीको अभिनय र बडी ल्यांग्वेज चेक गर्न चाहन्थे ।
 
केही समयपछि आफूलाई फोन आएको र यसपाली भने सलमानले नै भेट्न खोजेको हर्षालीको आमा काजलले बताएकी छन् । ‘अडिसन दिएको केही समयपछि मलाई फोन आयो । म त्यतिबेला चकित परेँ । 
 
जतिबेला यो सबै प्रोसेस सलमान खान स्टारर फिल्मका लागि रहेछ,’ काजल भन्छिन्,‘यसपाली सलमानसँग भेट भयो । हर्षालीले सलमानलाई आफूझैं ठूलो स्टार बनाइदिन अनुरोध गरिन् । 
 
सबैले हर्षालीको पफरमेन्स निकै मन पराए । त्यही दिन बजरंगी भाइजनमा हर्षाली पक्का भइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । – एजेन्सी