काठमाडौं, श्रावण ६ – काठमाडौंमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राति गएको पराकम्पनले सुत्न लागेका सर्वसाधारणमा त्रास सिर्जना गर्यो ।
काठमाडौंलाई केन्द्रबिन्दु बनाएर बुधबार राति १० बजेर १५ निेट जादा ४ . ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ। धक्काको प्रभाव ठूलो महसुस गरेका काठमाडौंवासीहरु सडकमा निस्किएका छन ।
गोरखा भूकम्पपछि पराकम्पन जानेक्रम रोकिएको छैन ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँबाट २० किलोमिटर उत्तरपूर्व केन्द्र सुन्दरीजल र सिन्धुपाल्चोकको सीमामा पर्छ।
बुधबार राति १०ः१४ बजे काठमाडौं उपत्यका र वरपरका जिल्लाहरु धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा परकम्पको धक्का अनुभव गरिएको छ।
प्रतिक्रिया