मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोलेको उपचार खर्च एमाओवादीले ब्यहोर्नेछ: अध्यक्ष दाहाल

गोलेको उपचार खर्च एमाओवादीले ब्यहोर्नेछ: अध्यक्ष दाहाल


काठमाडौँ, ६ साउन – हाड र नसाको बिरामीका कारण लामो समयदेखि अस्वस्थ रहेकी सञ्चारकर्मी प्रविना गोलेको सबै उपचार खर्च एकीकृत नेकपा माओवादीले व्यहोर्ने भएको छ ।
 
सञ्चारकर्मी गोले माओवादी सेनाका पूर्व लडाकु पनि हुन् । 
 
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज गोले उपचाररत ललितपुरको ग्वार्कोमा पुगेर उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई समेत आग्रह गरेका थिए ।
 
अध्यक्ष दाहालले उपचार खर्चको चिन्ता नलिन आग्रह गर्दै आवश्यक व्यवस्था गरिने वचनसमेत दिएको एमाओवादीका सहायक सङ्गठन योङ कम्युनिस्ट लिग९वाइसिएल०का उपत्यका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।
 
माओवादीले सञ्चालन गरेको दशवर्षे युद्धका क्रममा हात गुमाउनुभएकी गोले हाड र नसाको बिरामीका कारण लामो समयदेखि पीडित हुँदै आएकी थिइन् । 
 
अध्यक्ष दाहालले गोलेको परिवार र अस्पतालमा कार्यरत चिकित्सकसँग समेत छलफल गरेको सापकोटाको भनाइ छ । अध्यक्ष दाहालसँगै एमाओवादीका सचिव वर्षमान पुन र अन्य शुभेच्छुकसमेत अस्पताल पुगेका थिए ।
 
यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०का नेता दिपेश पुनको संयोजनमा सुरु भएको प्रविना गोले उपचार कोषमा हालसम्म रु एक लाख सङ्कलन भएको छ ।
 
स्वतस्फूर्त रुपमा सहयोग गर्न आफूले आग्रह गरेको जानकारी दिँदै नेता पुनले सहृदयीको सहयोगको अपेक्षासमेत गरेका छन् । गोलेले रेडियो मिर्मिरेमा केही समय सञ्चारकर्मीका रुपमा समेत काम गरेकी थिइन् ।  रासस