साहित्य/सिर्जना

म माया गर्छु तिमीलाई

म माया गर्छु तिमीलाई


अधुरो थिएँ म
तिमीले पूरा गरिदियौ
खुसी हुने कुनै आधार थिएन
तिमीले खुसीको आधार दियौ
हराएको थियो मुस्कान ओठबाट
तिमीले फर्काइदियौ । 
मैले भनिरहनु पर्दैन
तिम्रो मह¤व बढी छ कि श्वासको 
मैले देखाइरहनु पर्दैन
धमनीहरुमा रगत बग्छ कि तिम्रो माया
मैले सोचिरहनु पर्दैन
तिमीबिनाको म मुर्दा हुन्छु कि लास । 
 
ढिलो आयौ मेरो जीवनमा
तर मलाई म चिनाउने गरी आयौ
कुनै पनि नाताबिनाका
एउटा नाता लिएर आयौ
जसरी छटपटीमा माछालाई पानी बनेर आयौ 
खडेरीमा वर्षात् बनेर आयौ
जसरी छटपटीमा माछालाई पानी बनेर आयौ
खडेरीमा वर्षात् बनेर आयौ
शरद्मा मकल बनेर आयौ
प्रचण्ड गर्मीमा मायाको छहरा बनेर आयौ । 
मलाई तिमी प्रिय छौ
तिम्रा हरेक उच्छवासहरु प्रिय छन् 
हरेक स्पर्शहरु प्रिय छन् 
हरेक शब्द अनि भावहरु प्रिय छन् 
र, आज फेरि मनैले भन्न मन लागेको छ 
म माया गर्छु तिमीलाई …..। 
 

शेयर गर्नुहोस:

0
Shares