मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

प्रशिक्षणमा मोडल हन्टका प्रतियोगी

प्रशिक्षणमा मोडल हन्टका प्रतियोगी


उदेश्यले नेक्ष्ट मोडलस् नेपालको आयोजना हुन लागेको सौदर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०१५’को प्रशिक्षण सुरु भएको छ । पहिलो चरणको स्पर्धाबाट छानिएका ३३ युवती र ३८ युवाले अहिले अन्तिम प्रतियोगीताको तयारी गरिरहेका छन् ।
 
 
प्रशिक्षण तिन कुने स्थित ग्रिन क्याफेमा चलिरहेको छ । अन्तराष्ट्रिय रनवे ,ब्यक्तित्व बिकाश, आर.जे, भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चारकला, स्टेज पफमेन्सलगायत बिषयमा ज्ञान प्रतियोगीले लिइरहेका छन् । 
 
‘आफुमा भएको प्रतिभा निखार्दै अगाडी आउन प्रशिक्षण महत्वपुर्ण रहेको छ’ सहभागी मध्यका एक क्रिस राइले भने ‘उपाधित पछिको कुरा हो पहिले त यसले आफ्नै प्रतिभाको बिकाश गर्छ ।’ त्यस्तै प्रशिक्षणले आफुलाई कोराबाट अन्ताराष्ट्रिय स्तरमा प्रतिनित्व गर्न सक्ने बनाएको सहभागी युवती मध्यकी एक शिवानी मल्ले बताइन् । बिगत एक सातादेखि चलेको प्रशिक्षणको क्रम कार्यक्रमको अघिल्लो दिनसम्म अर्थात आगामी २२ गतेसम्म चल्नेछ ।
 
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्ने उनको बिश्वास छ ।
 
प्रतियोगीतामा जर्मनी फेसन डिजाइनर मारिया स्टेलाले युवती र नेपाली फेसन डिजाइनर सन्तोषी श्रेष्ठले युवाको पहिरन डिजाइन गर्नेछन् ।
 

शेयर गर्नुहोस:

0
Shares