मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

ब्लाटरमाथि पत्रकार सम्मेलनमै ‘पैसा’को वर्षा

ब्लाटरमाथि पत्रकार सम्मेलनमै ‘पैसा’को वर्षा


४ साउन, काठमाडौं । फिफा अध्यक्ष सेप ब्लाटरमाथि पत्रकार सम्मेलनमा नै एक व्यक्तिले नक्कली पैसाको वर्षा गराएका छन् ।
 
फिफाले नयाँ अध्यक्ष चयनका लागि आगामी फेब्रुअरी २६ मा चुनाव गर्ने निर्णय गरेपछि पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
तर, पत्रकार सम्मेलन सुरु हुँदै गर्दा बि्रटिस हास्य कलाकार साइमन ब्रोडकिन पैसाको बिटा बोकेर ब्लाटर भएको स्थानमा पुगे ।
 
स्टेजमा लि निलसन नामले चिनिने साइमन ब्रोडकिनले सन् २०२६ को विश्वकप आयोजना उत्तर कोरियालाई दिनु भन्ने ब्यंग गर्दै ब्लाटरमाथि नक्कली पैसाको वर्षा गराए । लगतै उनलाई सुरक्षा गार्डले कार्यक्रम हलबाट बाहिर लगेका थिए ।