मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्मार्टफोनको लत छुट दिलाउने औँठी

स्मार्टफोनको लत छुट दिलाउने औँठी


स्मार्टफोन एडिक्टसन अर्थात् स्मार्टफोनको लत, यसका कतिपय नकारात्मक प्रभाव छन् । वैज्ञानिकहरुले स्मार्टफोनको यस्तो लतबाट छुटकारा दिलाउनका लागि एउटा अनौठो उपायको खोजी गरेका छन् ।
 
अब एउटा औँठीले तपाइँलाई स्मार्टफोनको लतबाट छुटकारा दिलाउनेछ । रिंगली नामक अमेरिकी कम्पनील एउटा यस्तो औँठीको उत्पादन गरेको छ जसले स्मार्टफोनमा झुण्डिरहने लत बसेका मानिसहरुलाई स्मार्टफोनबाट टाढा राख्नेछ ।
 
१ सय ९५ डलर मूल्य रहेको उक्त औँठी वास्तवमा स्मार्ट औँठी हो । उक्त औँठी स्मार्टफोन फिल्टरको माध्यमबाट प्रयोगकर्ताको स्मार्टफोनसँग कनेक्टेड भएको हुन्छ ।
 
प्रयोगकर्ताले आफ्नो साथमा मोबाइल नबोकेपनि हुन्छ, केवल औँठी लगाएमा पर्याप्त हुन्छ । औँठीले नै मेाबाइलमा कुनै अत्यावश्यक सन्देश आएमा त्यसको अलर्ट प्रवाह गर्छ र औँठी चम्किन थाल्छ । तर फेसबुक, इमेल तथा च्याटिङका कम महत्वका अलर्टहरु प्रवाह गर्दैन । जसका कारण प्रयोगकर्ताले बारम्बार स्मार्टफोनमा आँखा डुलाइरहनुपर्ने बाध्यता हट्दछ ।
 
अमेरिकामा हालै भएको एक अध्ययन अनुसार एक तिहाइ मानिसहरु बारम्बार आफ्नो स्मार्टफोन चेक गरिरहन्छन् भने दुइ तिहाइ भन्दा धेरै मानिसहरु आफ्नो साथमा स्मार्टफोन राखेर सुत्दछन् । मानिसहरुको यहीँ आनीबानीलाई आधार बनाएर ग्याजेट कम्पनीहरु मानिसहरुलाई स्मार्टफोनबाट टाढा राख्नका लागि व्यवसायको मौकाको खोजी गरिरहेका छन् ।
 
एप्पलका स्मार्टवाच जस्ता ग्याजेटको उद्धेश्य पनि मानिसहरुलाई कम भन्दा कम समय स्मार्टफोनको प्रयोग गर्ने बनाउनु हो । पछिल्लो महिना मात्र गुगल तथा लिभाइजले पनि हाइटेक कपडा निर्माण गर्ने योजनाको घोषण ागरेका थिए । ज्याकेटको चेन लगाउँदा स्मार्टफोन लक हुने प्रविधिले युक्त स्मार्ट कपडा बनाउने घोषणा समेत गरिएको छ । – एजेन्सी