मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाहालको भारत भ्रमण कूटनीतिक मर्यादाविपरीत – परराष्ट्रमन्त्री

दाहालको भारत भ्रमण कूटनीतिक मर्यादाविपरीत – परराष्ट्रमन्त्री


त्रिशूली (नुवाकोट) । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पूर्वप्रधानमन्त्री तथा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक मर्यादा विपरीत भारतको भ्रमण गरेको बताउनुभएको छ । 
 
आज विदुरमा प्रेस चौतारीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पाण्डेले भन्नुभयो – “देशको उच्च पदमा पुगिसकेको व्यक्ति, देशलाई नीतिगत रूपमा प्रभाव पार्न सक्ने व्यक्तिले विदेश भ्रमण गर्दा परराष्ट्रको कूटनीतिक मर्यादा पालना गर्नुपर्छ ।” 
 
दाहालको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नभएको मन्त्री पाण्डेको भनाइ थियो । 
 
उहाँले साउन महिनाभित्र नयाँ संविधान जारी हुने विश्वास पनि व्यक्त गर्नुभयो । 
 
“अग्रगामी परिवर्तन तथा १६ बुँदे सहमति भाँड्न खोज्ने र देशलाई बन्धक बनाएर अनिर्णयको बन्दी बनाउन खोज्नेहरूले संविधानको मस्यौदा जलाउँदैमा संविधान निर्माणको कार्य रोकिँदैन,” मन्त्री पाण्डेले भन्नुभयो – “अब प्रक्रियाबाटै एक महिनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आउँछ ।”
 
मन्त्री पाण्डेले सबै जात, धर्म, भाषाभाषीका साथै हिमाल, पहाड र तराईलाई समेटेको संविधान लेखिने विश्वास व्यक्त गर्नुभयो । रासस