मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको सैन्य केन्द्रमा आक्रमण, चार जनाको हत्या ( भिडियो सहित )

अमेरिकाको सैन्य केन्द्रमा आक्रमण, चार जनाको हत्या ( भिडियो सहित )


वासिङ्गटन डिसी,जुलाई १६/ अमेरिकी पुलिसले टेनसीमा दुई सैन्य छनौट केन्द्रमा विहीवार विहान आक्रमण गर्ने मोहम्मद युसुफ अव्दुल्लाहजलाई मारेको छ । कुवेतमा जन्मिएर जोर्डनको नागरिक शंकास्पद वन्दूकधारी मोहम्मद युसुफ अव्दुल्लाहज उनको कार सहित प्रहरीले फेला पारेको थियो । उसलाई अमेरिकाको वैधनिक नागरिकता समेत प्राप्त भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । ती अभियुक्तले गरेका आक्रमणमा परि चार जना मरिनको हत्या र तीन जना अरु मानिसहरु घाईते भएका छन् ।  अमेरिकी सरकारले घटनाको अनुसन्धान गर्न आतंकवादी कानून अनुसार अनुसन्धान टोली परिचालन गरेको छ । 
 
प्रत्यक्ष दर्शीहरुका अनुसार विहान १०.४५ मिनेट जाँदा कालो ठूलो आकारको वन्दूक वोकेर उनी घटना स्थलमा देखा परेका थिए । उनले एक पछि अर्को गर्दे आक्रमण शुरु गरेका हुन् । उनले पहिला सैन्य केन्द्रको सिसावाट आक्रमण शुरु गरेका थिए । त्यसपछि उनी अर्को केन्द्रमा सात माईल टाढा गएका थिए । त्यहाँ उनले चार जनाको हत्या गरेका थिए भने उनी पनि मारिएका थिए । यो समाचार तयार पार्दा सम्म सैन्य विभागले कुनै औपचारिक प्रतिक्रिया दिएको छैंन् । तर कसरी सैन्य केन्द्र सम्म उसको पहुँच भयो भन्ने विषयमा जिज्ञासा पैदा भएको छ । 
अमेरिकी राष्ट्रपति वाराक ओवामाले दुखद घटना भन्दै त्यसको भत्र्सना गरेका छन्(भिडियो )
अमेरिकी राष्ट्रपति वाराक ओवामाले दुखद घटना भन्दै त्यसको भत्र्सना गरेका छन् । उनले आफनो प्रारम्भिक प्रतिक्रियामा भनेका छन हरेक घटना दुखद हुन्छन्,सैनिकहरु माथिको आक्रमण झन दुखद छ, यसको छानविन पछि सत्य तथ्य वाहिर आउने नै छ । ओवामाले हृदयविदारक घटनाको रुपमा चित्रण गरेका छन् । उनले दिवंगतहरु प्रति मेरो गहिरो समवेदना छ भन्दै आफनो प्रतिक्रियामा भनेका छन् । म सम्पूर्ण अमेरिकीहरुलाई मृतकहरुको परिवारलाई सहानुभूति प्रकट गर्न अपिल गर्दछु ।