मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मन्त्री र राजदूत पनि बाँकी रहँदैनन् : पण्डित

मन्त्री र राजदूत पनि बाँकी रहँदैनन् : पण्डित


काठमाडौँ-सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब मन्त्री र सांसदहरुले पनि डीभी, पीआर र ग्रीनकार्ड राख्न नपाउने बताएका छन् । विहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले सार्वजनिक पदमा रहेर ग्रिनकार्ड र पीआर राख्ने जो कोहीलाई नछाड्ने दृढता व्यक्त गरे ।

त्यसका लागि आवश्यक ब्यवस्था गर्न काम अघि बढाइसकिएको जानकारीसमेत मन्त्री पण्डितले दिएका छन् । अब मन्त्री, सांसद, राजदूतलगायत कसैले पनि डीभी, पिआएर राख्न नपाउने भएका छन् ।

निजामती कर्मचारीमा कडाईका साथ लागु गरिएको डीभी, पीआर र ग्रिनकार्ड राख्न नपाउने ब्यवस्था सबैको हकमा लागु हुने पण्डितको भनाई छ । यसअघि, बुधबार मात्रै मन्त्री पण्डितले ग्रिनकार्ड र पीआर लिनेहरुको रेकर्डनै सार्वजनि गर्ने बताएका थिए ।