मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकारको दुर्घटना बिमा कात्तिकदेखि

पत्रकारको दुर्घटना बिमा कात्तिकदेखि


काठमाडौंँ-सरकारले करिब १० हजार ७८ श्रमजीवी पत्रकारको दुर्घटना बिमा आगामी कात्तिक महिनादेखि गरिदिने भएको छ ।नेपाल पत्रकार महासङ्ले उपलब्ध गराएको तथ्याङ्कलाई आधार मान्दा सो सङ्ख्या दुर्घटना बिमाका लागि योग्य मानिएको सूचना विभागले जनाएको छ ।
 
दुर्घटना बिमाको रकम रु पाँच लाख कायम गरिएको छ । बिमाका लागि सरकारले रु तीन लाख ७५ हजार र श्रमजीवी पत्रकारले रु एक लाख २५ हजार लगानी गर्नुपर्ने विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले आज आयोजित कार्यक्रममा जानकारी दिए ।
 
बिमाका लागि योग्य सदस्य हुन नेपाल पत्रकार महासङ्घको सदस्यता र सूचना विभागले जारी गरेको पत्रकार परिचयपत्र अनिवार्य लिएको श्रमजीवी र स्वतन्त्र पत्रकार हुनुपर्ने पत्रकार दुर्घटना बीमा ब्यबस्थापन निर्देशिका,२०७० मा उल्लेख छ ।
 
निर्देशिकाले स्वतन्त्र पत्रकारका लागि ५० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार र दुर्घटनाको कारण भएको खर्चको रु दुई लाखसम्मको उपचार खर्चसमेत व्यहोर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।पत्रकार दुर्घटना बिमाको सरल र प्रभावकारी व्यवस्थापन गर्न बिमा कार्यविधि र बिमा नीति बनाइएको छ, जसको अनुगमनका लागि विभाग र महासङ्घका प्रतिनिधि रहेको उपसमिति गठन गरिएको छ । कानुनमा पत्रकारले परिचय र नियुक्तिपत्र लिएरमात्र समाचार सङ्कलन, सम्पादन तथा उत्पादन गर्न पाइने उल्लेख छ ।