मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु


वीरगन्ज (पर्सा) । पर्सामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पर्सा प्रहरीका अनुसार बिहान जिल्लाको बेल्वा गाविसमा भएको सवारी दुर्घटनामा परी सोही स्थानका राजकुमार थारुको मृत्यु भएको हो । 
बेल्वाबाट सदरमुकाम वीरगन्ज आउँदै गरेको ना१त ४१३४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा थारु गम्भीर घाइते भएका थिए । घाइते थारुको उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने थारुको शव नारायणी अस्पतालमा राखिएको छ । रासस