मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कर्णमाथि भएको आक्रमणको विरोधमा ¥याली

कर्णमाथि भएको आक्रमणको विरोधमा ¥याली


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा सभासद् रञ्जित कर्णमाथि मंगलबार भएको आक्रमणको विरोधमा नेविसङ्घले ¥याली निकालेको छ ।
 
मंगलबार बिहान ७ बजे आफ्नै निवास हाँडीगाउँमा दश बाह्र जना हतियार बोकेको जत्थाले सभासद् कर्णमाथि आक्रमण तथा अभद्र ब्यवहार गरेको भन्दै नेविसङ्घले दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै प्रदर्शनीमार्गबाट पुतलीसडकसम्म ¥याली निकालेको हो । 
 
नेविसङ्घले घटनामा संलग्न भएको भन्दै नेविसङ्घका नेता कुन्दनराज काफ्ले, भूपेन्द्र श्रेष्ठ, आशेष श्रेष्ठ, आनन्दश्री न्यौपाने, नवराज त्रिपाठी, शशाङ्कश्री न्यौपाने, विमल पराजुली, निकेश खड्का, समधुर बराल, रुपेश सुवेदी र  जीवन खत्रीविरुद्ध रिट दायर गरेको छ । 
 
नेविसङ्घका नेता दीपक भट्टराईले लोकतन्त्रमा चित्त नबुझेका कुरा असहमति राख्न सकिने भन्दै अध्यक्ष कर्णलाई आफ्नै निवासमा गएर आक्रमण गर्नु निन्दनीय घटना भएको बताउनुभयो । 
 
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्य, त्रिचन्द्र क्याम्पसका अध्यक्ष विष्णु पौडेल, नेविसङ्घका नेता लीलाबल्लभ दाहाललगायतले कर्णको आक्रमणमा संलग्न रहेकालाई पार्टीबाटै निष्काशन गर्नुपर्ने बताउनुभयो । 
 
अध्यक्ष कर्णले पत्रकार सम्मेलन गरी आफ्नै सङ्गठनका केही व्यक्तिले सङ्गठनको बद्नाम गराउन यस्तो घटना गराएको आशङ्का गर्दै दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभएको थियो । 
 
घटनाको विरोधमा काठमाडौँ उपत्यकाका ३२ क्याम्पसका अध्यक्षले ऐक्यबद्धता जनाएका छन् ।  नेविसङ्घका नेता काफ्लेले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्नुभयो । रासस