मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बजेट भाषण सुनेपछि सभासद् खुसी, कर्मचारीहरु निराश

बजेट भाषण सुनेपछि सभासद् खुसी, कर्मचारीहरु निराश


काठमाडौं । सरकारले सांसद विकास कोषको रकम बढाएर सभासद एवं नेताहरुलाई खुशी पारेको छ । तर, सरकारी कर्मचारीहरु भने तलब नबढेका कारण निराश बनेका छन् ।
अर्थमन्त्री डा रामशरण महतले मंगलबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सभासदका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याएका छन् । २४० निर्वाचन क्षेत्रमा यसका लागि ३ खर्ब ७० करोड रुपैयाँ जान्छ ।
त्यसैगरी ६ सय १ सभासदलाई प्रति सभासद २० लाख छुट्याइएको छ । निर्वाचन क्षेत्र विकास कोष अन्तरगत जाने यो रकम १ अर्ब २० करोड २० लाख हुन्छ ।
दुबै शीर्षकमा गरी झण्डै ५ खर्ब अर्थात् ४ खर्ब ९० करोड २० लाख रुपैयाँ राष्ट्रको ढुकुटीबाट खर्च हुन्छ । चालु आर्थिक वर्षमा सभासदले १५ लाख र निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषका लागि १ करोड दिइएको थियो ।
सभासदले त्यसरी लिएको रकम दुरुपयोग हुने गरेको व्यापक गुनासो आइरहेको छ । केही सभासदले चभुलो किन्नलाई त कसैले पार्टी कार्यकर्ताले खोलेका संस्थालाई त्यस्तो रकम वितरण गर्ने गरेको पाइएको छ ।
सांसद विकास कोषको रकम हिनामिना र अनियमितता हुँदा पनि राजनीतिक पहुँचका आधारमा सभासदलाई कारवाही हुने गरेको छैन । सरकारले स्थानीय निकायको विकासका लागि जिल्ला, नगरपालिका वा गाविसमार्फत् रकम विनियोजन गर्ने कार्यलाई निरुत्साहित गर्दै सभासदमार्फत् खर्च गर्ने परिपाटी बढाएको छ ।
सभासदहरुले निर्वाचन क्षेत्रमा लागि ५ करोडसम्म पाउनुपर्ने माग गर्दै हस्ताक्षर अधियान नै सञ्चालन गर्दै आएको थिए ।
अर्थमन्त्री डा महतले सरकारी कर्मचारीहरुलाई भूकम्पका कारणले गर्दा तलब सुविधा बढाउन नसकिएको भन्दै सम्झाउने प्रयत्न गरेका छन् । आगामी दिनमा यसमा विचार गरिने अर्थमन्त्रीको आश्वासन छ ।
तर, अर्थमन्त्रीले सरकारी कर्मचारीका कारण सरकारलाई आर्थिक भार बढेको भन्दै अवकाशको उमेरमा पुनर्विचार गरिनेदेखि लिएर कर्मचारीको बोझ कम गर्ने नीतिसमेत अघि सारेका छन् ।
कर्मचारीहरुले तलब बढ्ने आशा गरिरहेका बेला बजेट भाषणका क्रममा मन्त्री महतले यस वर्ष कर्मचारीको तलब नबढाइने घोषणा गरेका हुन् । एजेन्सी