मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिटीइभिटी र महासंघबीच सम्झौता पत्रमा हस्ताक्षर

सिटीइभिटी र महासंघबीच सम्झौता पत्रमा हस्ताक्षर


हिमालय खबर काठमाडौँ I प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, सिटीइभिटी तथा नेपाल निर्माण व्यवसायी महासंघबीच निर्माण उद्योगमा आवश्यक दक्ष तथा अर्धदक्ष जनशक्ति उत्पादन गर्ने विषय सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिटीइभिटीको सचिवालयमा  आयोजित एक कार्यक्रममा सिटीइभिटीका तर्फबाट सदस्य सचिव डाक्टर रामहरि लामिछाने तथा नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट महासचिव रामशरण देउजाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो । वैशाख महिनामा आएको महाभूकम्पछि पुर्ननिर्माण तथा नवनिर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको सन्दर्भमा बजारलाई आवश्यक दक्ष कामदारहरु उपलब्ध गराउनु सम्झौताको मुख्य उद्देश्य रहेको छ । 
 
यसका लागि सिटीइभिटीले आवश्यक कोर्स तयार गर्नेछ भने कोर्स पूरा गरेका कामदारहरुलाई प्रमाणपत्र उपलब्ध गराउनेछ । त्यस्तै महासंघले प्रमाणपत्र हासिल गरेकाहरुलाई सुरुमा प्रशिक्षार्थी कामदारका रुपमा काम दिनेछ र पछि उनीहरुको सीप अनुसार रोजगारी दिलाउन पनि पहल गर्नेछ । तालिमका लागि आवश्यक दक्ष जनशक्ति तथा स्थानको बन्दोबस्ती पनि महासंघले मिलाउने छ । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा सिटीइभिटीका तालिम विभाग प्रमुख महेश भट्टराई तथा महासंघका उपाध्यक्ष रुद« शर्मा तथा उपमहासचिव ९ नीतिगत ० विष्णु बुढाथोकी पनि उपस्थित हुनुहुन्थ्यो ।