मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिन्धुपाल्चोकमा अज्ञात रोग फैलिँदा तीनको मृत्यु

सिन्धुपाल्चोकमा अज्ञात रोग फैलिँदा तीनको मृत्यु


सिन्धुपाल्चोक । पहिरो र भूकम्पको मारमा परेको सिन्धुपाल्चोकमा अज्ञात रोग फैलँदा ३ जनाको ज्यान गएको छ भने सयौं विरामी परेका छन् । सिन्धुपाल्चोकको बतासे–१ स्थित भोटेफुल्पिङमा दुई साता अघि अज्ञात रोग फैलँदा स्थानीयवासी त्रसित छन् ।
 
सुरुमा वाकवाक लाग्ने, उच्च ज्वरो आउने जस्ता लक्षण देखिएको तीन चार दिनपछि बिरामीको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ ।
 
उक्त रोगको संक्रमणमा परेका मध्य केहीले सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं लगायतका स्वास्थ्य संस्थाहरुमा उपचार गराइरहेका छन् ।अज्ञात रोग फैलिएपछि जिल्ला अस्पतालबाट पुगेको एउटा टोलीले १ सय २५ जनालाई उपचार गरि फर्केको थियो । सो टोलीले भोटेफुल्पिङका आधाजसो विमारीमा डायरिया र त्यसबाहेकका धेरैजसोमा रुघाखोकी भएको जनाएको छ । रासस