मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुई छोरी मारिएकोे ६ महिनापछि बाबु पनि मारिए

दुई छोरी मारिएकोे ६ महिनापछि बाबु पनि मारिए


धादिङ । दुई नाबालिका छोरीहरुको हत्या भएको ६ महिनापछि बाबुको समेत रहस्यमय ढंगबाट हत्या भएको तीन दिन बित्दा पनि दोषी पक्राउ पर्न सकेको छैन । 
धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने कटुञ्जे गाविस–७ स्थित विश्वकर्मा टोलका ३२ वर्षीय चन्द्रबहादुर विश्वकर्माको अपरिचित समूहले आइतबार दिउँसो आफ्नै घरभित्र सुतिरहेको अवस्थामा घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धारिलो हतियार प्रहार गरी हत्या गरेकोको अवस्थामा आइतबार दिउँसो शव फेला परेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए । घटना कसले र किन गराएको भन्ने बारेमा अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे बुझ्न र अनुसन्धानको लागि प्रहरीको टोली तीन दिनदेखि घटनास्थमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । 
हत्यामा संलग्नहरु पहिचान हुन नसकेको र शंकास्पद व्यक्तिहरुको पहिचान गरी उनीहरुको बारेमा अनुसन्धान अघि बढाइएको धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले बताए ।  मृतक चन्द्रबहादुरको ७ वर्षीया एलिना र ५ वर्षीया रंजीताको गत पुस ७ गते बिष खुवाएर हत्या गरिएको थियो । बालिकालाई बिष खुवाएर हत्या गरेको आरोपमा सोही ठाउँका स्थानीय नरबहादुर गुरूङ पुर्पक्षका लागि थुनामा रहेका छन् । 
यसैगरी हत्याको विषयलाई लिएर जिल्लास्थित दलित अधिकारकर्मीहरुले आफूहरुको गम्भीर ध्यानाकषर्ण भएको बताएका छन् । उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाइ २४ घण्टाभित्र पक्राउ गर्न को लागि स्थानीय प्रशासनसँग माग गरेका छन् ।