मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दर्ता नगरेका क्लिनिक सञ्चालक पक्राउ

दर्ता नगरेका क्लिनिक सञ्चालक पक्राउ


चितवन । चितवनका अधिकांश डेन्टल केयर सेन्टर र क्लिनिक दर्ता नै नभई चलेको पाइएको छ । दर्ता नगरी चलेका क्लिनिकहरुका सञ्चालकलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । 
दर्ताबिनै सञ्चालन गरिएका चितवन अप्लाइन पोलिक्लिनिक, भरतपुर डेन्टल र नारायणी डेन्टल, एपोलो डेन्टल क्लिनिक र सिमरन क्लिनिकका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको नाम खुलाएको छैन । उनीहरुले दर्ता नगरी क्लिनिक सञ्चालन गरेका थिए । क्लिनिक सञ्चालनमा पनि रोक लगाएको छ । 
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दर्ता नै नभई डेन्टल सञ्चालन भएको पाइएको भन्दै कारबाही सुरू गरेको जनाएको छ । जिल्लामा दुई दर्जन बढी यस्ता केयर सेन्टर सञ्चालनमा छन् । दर्जनाँै पोलिक्लिनिक र सयाँै क्लिनिक छन् । प्रारम्भिक अनुगमनका क्रममा डेन्टल क्लिनिक र पोलिक्लिनिक गरी पाँच वटा दर्ता नै नभई चलेको पाइएपछि सञ्चालनमा रोक लगाएर कारबाही सुरू गरिएको कार्यालयका जनस्वास्थ्य अधिकृत ईश्वरी पोखरेलले मंगलबार जानकारी दिए । अनुगमन कडाइ पार्ने उनले बताए ।
अघिल्लो वर्षको अनुगमनमा समेत यहाँका धेरै डेन्टल केयर दर्ता नभई चलेका पाइएका थिए । स्थानीय प्रशासनले दर्ताका लागि निर्देशन दिएको थियो । तर यो वर्षको अनुगमनमा समेत दर्ता नभएको पाइएको पोखरेलले बताए । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछिमात्रै सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ । प्रशासनले उपस्थित हुन निर्देशनसमेत दिएको छ ।