मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट पारित

सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट पारित


 
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७२/०७३ को आय–व्ययको अनुमानित विवरण (बजेट) स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवस्थापिका–संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्षको आय– व्ययको अनुमानित विवरणसम्बन्धी विधेयक स्वीकृत गरेको हो । 
 
व्यवस्थापिका–संसद्मा प्रस्तुत हुने आर्थिक वर्ष २०७२÷०७३ को बजेट वक्तव्य, विनियोजन विधेयक–२०७२, आर्थिक विधेयक–२०७२, राष्ट्र ऋण उठाउने विधेयक– २०७२ र पेस्की खर्च विधेयक–२०७२ बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । 
 
अर्थमन्त्री डा रामशरण महतले ३ वर्षभित्र देशभरिका सबै गाविसमा गाडीको बाटो र बिजुली पुर्‍याउने घोषणा गरेका छन् । कर्णालीका केही जिल्ला सदरमुकामै यातायात सेवा नपुगेका बेला सबै गाविसमा बाटो पुर्‍याउने सम्भावना नरहेको अर्थविदको प्रतिक्रिया छ ।
सरकारले घोषण गरेको नीति तथा कार्यक्रममा तीन वर्षभित्र लोडसेडिङ हटाउने भनिएको छ । अर्थमन्त्री महतले बजेट भाषणका क्रममा योभन्दा अगाडि बढेर तीन वर्षमा प्रत्येक गाविसमा बाटोका साथै विजुलीसमेत पुर्‍याउने घोषणा गरेका छन् ।