मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद सजाय

बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद सजाय


चितवन । बालिका करणी र करणी उद्योगसम्बन्धी तीन फरक मुद्दा मंगलबार एकै इजलासबाट फैसला भएको छ । १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको उद्योगमा कठारका ३३ वर्षीय चन्द्रबहादुर क्षेत्रीलाई १२ वर्षको कैद सजाय सुनाइएको छ । त्यस्तै क्षेत्रीबाट १ लाख रुपैयाँ भराउनेसमेत अदालतले फैसला गरेको छ ।
 
न्यायाधीश विनोदमोहन आचार्यको इजलासले मंगलबार यस्तो फैसला गरेको हो । आचार्यको इजलासले मंगलबार नै फरक २ घटनाका बालिकामाथि भएको जर्वजस्ती करणी उद्योगका मुद्दामा पनि फैसला गरेको छ । जसअनुसार भरतपुर ११ की १४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोप लागेका सोही स्थानका आनन्द मरहठालाई ३ वर्ष कैद सजाय सुनाइएको छ ।
 
त्यस्तै शुक्रनगरमा अर्की बालिकामाथि बलात्कार गरेको अभियोग लागेका डोलराज बस्नेतलाई पनि ३ वर्षको कैद सजाय सुनाइएको चितवन जिल्ला अदालतका नासु जयनारायण आचार्यले जानकारी दिए ।