मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुई युवतीको सीमावर्ती सहरबाट उद्धार

दुई युवतीको सीमावर्ती सहरबाट उद्धार


भीमदत्तनगर । सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी महाकाली) को टोलीले आज बिहानै भारत लैजान लागेका दुई युवतीको सीमावर्ती भारतीय सहर वनबसाबाट उद्धार गरेको छ ।
दलालले पश्चिमीनाका गड्डाचौकी भएर भारत हुँदै मलेसिया पठाई दिने भन्दै लगिरहेको अवस्थामा मकवानपुरका दुई युवतीसहित उनीहरूलाई लगिरहेका एक युवकसमेत अनुसन्धान टोलीले भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको आरआइटी महाकालीका संयोजक प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले जानकारी दिनुभयो ।
उद्धार गरिएका युवती मकवानपुर नाम्टार गाविसका विशुन थिङ र लक्ष्मी ब्रोन रहेका छन् । साथै उनीहरूलाई ललाइफकाइ लग्दै गरेका युवकलाई समेत टोलीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गड्डाचौकीलाई बुझाएको टोली संयोजक जोहारीले बताउनुभयो । “पछिल्लो समय कञ्चनपुरका खुला सिमाना मानव तस्करलाई सहजरुपमा मानिरहेका छन् ।” उहाँले भन्नुभयो– “अन्य क्षेत्रबाट आउने मानव तस्कर व्यापारी तथा व्यवसायी पनि संलग्न देखिन्छन् ।” 
अनुसन्धान टोलीले तीनै जनालाई भीमदत्तनगरबाट वनबासासम्म पिछा गरेको थियो । “बजारमा बास बसेको होटलमा समेत युवकले नाम अर्कैको इन्ट्री गराएको छ ।” जोहारीले भन्नुभयो–“बजारमा सपिङ गरेर बिहानै भारत हिँडेका थिए ।”
“युवकले होटलमा सन्तोष लामा भनेर इन्ट्री गरेको छ ।” उहाँले भन्नुभयो– “हामीले पक्राउ गर्दा लक्ष्मण ब्रोन भन्दै छ ।” सीमा पार गर्दै जाँदा सीमाक्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीलाई पनि विभिन्न बहाना गरेर गइरहेको प्रहरीले जनाएको छ । रासस