मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शक्तिखोर र सिद्धिका भूकम्प प्रभावितहरुका लागि औषधि सहयोग

शक्तिखोर र सिद्धिका भूकम्प प्रभावितहरुका लागि औषधि सहयोग


चितवन । श्री पुष्पाञ्जली अस्पताल भरतपुरको सहयोगमा चितवनको शक्तिखोर र सिद्धी गाविसका भूकम्प प्रभावितहरुका लागि औषधी सहयोग गरिएको छ । भूकम्प प्रभावितको सहयोगका लागि चितवनका पत्रकारहरुले सुरु गरेको ‘हामीले नगरे कसले गर्ने’ अभियानको संयोजनमा अस्पतालले चार लाख रुपैयाँ मूल्यबराबरको औषधि सहयोग गरिएको हो ।
 
स्वास्थ्य चौकी शक्तिखोरमा एक कार्यक्रम गरी अस्पतालका निर्देशक डा। भोजराज अधिकारी र कार्यक्रम अधिकृत गोपाल पौडेल तथा ‘हामीले नगरे कसले गर्ने’ अभयानका अभियान्ताहरुले औषधि हस्तान्तरण गर्नुभएको थियो ।
 
भूकम्पबाट प्रभावित पहाडी गाविस शक्तिखोर र सिद्धी गाविसका सर्वसाधारणलाई उपचारमा सहज बनाउन औषधि प्रदान गरिएको डा। भोजराज अधिकारीले बताउनुभयो । स्वास्थ्य चौकीहरुले बिरामीहरुलाई सरकारी सुबिधाका औषधिहरु निःशुल्क उपलब्ध गराए पनि र अन्य औषधि किन्नै पर्ने हुन्छ ।
 
आज हस्तान्तरण गरिएको औषधि सरकारले उपलब्ध गराउने निःशुल्क औषधिभन्दा फरक भएको डा। अधिकारीले बताउनुभयो । अस्पतालका कार्यक्रम अधिकृत गोपाल पौडेलका अनुसार दुईवटा स्वास्थ्य चौकीका लागि औषधिसहितको १ सय ६० वटा किट बक्सहरु हस्तान्तरण गरिएको छ । प्रत्येक बक्समा १० किसिमका बिरामीहरुका लागि आवश्यकपर्ने २५ सय रुपैयाँबराबरका औषधिहरु छन् ।
 
भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारणका लागि संक्रमण कमगर्ने, दुखाई कमगर्ने, ग्याष्ट्रिक, एलर्जीलगायतका समस्याका बिरामीहरुका लागि आवश्यक औषधि उपलब्ध गराइएको डा।अधिकारीले बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यको समस्या बढिरहेका कारण औषधीको अभाव नहुने वातावरण बनाउन स्वास्थ्य चौकीहरुलाई औषधी सहयोग गरिएको उहाँले बताउनुभयो । उहाँले आगामि दिनमा पनि ‘हामीले नगरे कसले गर्ने’ अभियानकै संयोजनमा स्वास्थ्यको क्षेत्रमा सहयोगगर्दै जाने बताउनुभयो ।
 
स्वास्थ्य चौकी शक्तिखोरका ईन्चार्ज केशवबाबु पौडेल र स्वास्थ्य चौकी सिद्धीका ईन्द्रलाल न्यौपानेले प्राप्त औषधिले विपन्न वर्गका बिरामीहरुको उपचारमा सहज हुने बताउनुभयो । ‘हामीले नगरे कसले गर्ने’ अभियानका अभियन्ता पत्रकार राजेश घिमिरेले सामाजिक सञ्जालमार्फत प्राप्त सहयोगले भूकम्प प्रभावितहरुलाई खाद्यान्न सहयोग गर्दै सुरु भएको अभियान पछिल्ला दिनमा शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको जानकारी दिनुभयो ।
 
कार्यक्रम स्वास्थ्य चौकी शक्तिखोर सञ्चालक समितिका बरिष्ठ सदस्य तीलकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।