मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जिपको ठक्करबाट एकको मृत्यु

जिपको ठक्करबाट एकको मृत्यु


कावासोती । नवलपरासीको सुनवल–७ ज्यामिरेमा शनिबार बिहान भारतीय नम्बरको जिपले ठक्कर दिँदा एकको मृत्यु भएको छ । 
मृत्यु हुनेमा कञ्चनपुर कालिका–१ का २४ वर्षीय जीवन बमजन रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी ४० टी ४५८३ नम्बरको भारतीय जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका बमजनको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो । 
बमजन ना ४ ख ३६९६ नम्बरको बसको सहचालक हुन् । प्रहरीका अनुसार बिहान पिसाब फेर्नका लागि बस रोकिएको समयमा जिपले उनलाई ठक्कर दिएको थियो ।