मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पशुपालनमा युवालाई ५७ लाख अनुदान

पशुपालनमा युवालाई ५७ लाख अनुदान


चितवन । जिल्ला पशु सेवा कार्यालय भरतपुरले युवाहरुलाई लक्षित गरी ५७ लाख ५० हजार रुपैयाँ अनुदान रकम वितरण गरेको छ । पत्रकार साक्षतकार एवं युवा लक्षितक अनुदान वितरण कार्यक्रममा सो रकम हस्तान्त्रण गरिएको हो ।
सो क्रममा ३४ जनालार्इ युवाहरुलाई प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले चेक हस्तान्तरण गर्नु भएको हो । गाई, भैसी, बाख्रा र वंगुरपालनका लागि सो रकम अनुदानस्वरुप प्रदान गरिएको हो । गाई, भैसीको २ ठूला फार्मलार्इ ४ लाख दरले, १२ वटा मझौला फार्मलाई २ लाखका दरले र साना ९ वटा फार्मलाई १ लाखका दरले २३ वटा गार्इ भैंसी फार्मलाई अनुदान दिइएको कार्यालयका प्रमुख डा। रामकुमार कार्कीले बताउनुभयो । त्यस्तै ५ वटा वङ्गुर फामलार्इ १ लाख ५० हजार, १ लाख २५ हजार र १ लाख रुपैयाँको दरले अनुदान दिइएको छ ।
समूहगत २ वटा र व्यक्तिगत ४ गरी ६ वटा बाख्रा फार्मका लागि २ लाख र १ लाख ५० हजारका दरले रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै कार्कीले गत वर्षदेखि सञ्चालनमा आएको पाडापालन व्यवसायले भने आशातित रुपमा सफल हुन नसकेको बताउनुभयो । त्यस्तै उहाँले बैशाख १२ गते र त्यसपछि आएका भूकम्पले दुध बजार, अण्डा, मासु व्यवासायमा असर पुगेको बताउनुभयो ।
यस्तै, यसवर्ष चितवनमा रेविज रोगका कारण १० वटा पसु चैपाय मरेको जिल्ला पसु सेवा कार्यालयले जनाएको छ । अहिले चितवनमा रेविज रोग कुकुरका कारणले नलागि न्याउरी मुसाका कारण लागेको र यसबाट बचाउन समस्या पर्ने गरेको कार्यालयका प्रमुख कार्कीले बताउनुभयो । यस्तै चितवनमा यस वर्ष कृतिम गर्भाधान ४५ हजार ५ सय २ वटा पशु चौपायमा गराईएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन हजारले बढी हो ।  अघिल्लो वर्ष ४२ हजार २ सय १५ वटा पशु चौपायामा कृतिम गर्भाधान गराईएको थियो ।