मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसको १३औँ महाधिवेशन असोजमा काठमाडौँमा

काँग्रेसको १३औँ महाधिवेशन असोजमा काठमाडौँमा


काठमाडौँ  । नेपाली काँग्रेसले १३औँ केन्द्रीय महाधिवेशन आगामी असोजको २ देखि ५ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
 
संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान निर्माण प्रक्रियालाई ध्यानमा राखी महाधिवेशनको पूर्वनिर्धारित कार्यपालिका संशोधन गरेको काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले राससलाई जानकारी दिनुभयो । यसअघि २०७१ फागुन ६ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले भदौ २४ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । 
 
संशोधित कार्यतालिका अनुसार देशभर नगर वडा, गाउँ र नगर अधिवेशन आगामी भदौ १ गते, क्षेत्रीय अधिवेशन भदौ ७ र जिल्ला अधिवेशन भदौ १० गते सम्पन्न गरिने काँग्रेसका मुख्य सचिव ऋषि तिवारीले जानकारी दिनुभयो । काँग्रेसको १२औँ महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भई पार्टी सभापतिमा सुशील कोइराला निर्वाचित हुनुभएको थियो । रासस