मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसको महाधिवेशन फेरि सारियो

कांग्रेसको महाधिवेशन फेरि सारियो


काठमाडौ, २५ असार– आगामि भदौमा हुने भनिएको नेपाली कांग्रेसको १३ औं महाधिवेशन असोजमा हुने भएको छ ।
महाधिवेशन असोज २, ३, ४ र ५ गते काठमाडौंमा हुनेछ । यसअघि भदौ २४ देखी २८ सम्म महाधिवेशन हुने भनिएको थियो । शुक्रबार संविधानसभा भवनमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गाउँ, नगर, जिल्ला देखि केन्द्रीय महाधिवेशनको मिति सारेको हो ।
 
केन्द्रीय सदस्य धनराज गुरुङ्गका अनुसार नयाँ तालिकामा भाद्र १ गते गाउँ र नगर, ७ गते निर्वाचन क्षेत्र, १० गते जिल्ला अधिवेशन हुने छ । यसअघि गाउँ, नगरको अधिवेशन साउन १४, क्षेत्रीय अधिवेशन साउन २२ र जिल्ला अधिवेशन साउन २६ गते हुने गरी तालिका तोकिएको थियो ।
 
कांग्रेसका ७५ जिल्ला कार्यसमितिले नै तोकिएको मितिमा अधिवेशन गर्न नसकिने भन्दै केन्द्रलाई पत्राचार गरेपछि महाधिवेशन सारिएको हो।
 
 
शुक्रबार बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो।