मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

टि्वटरबाट जन्मदिनमा बेलुन उपहार

टि्वटरबाट जन्मदिनमा बेलुन उपहार


तपाइँलाई धेरै बेलुन उपहार प्राप्त हुनेछन्, यद्यपि ती बेलुन भर्चुअल नै किन नहोउन् । हो टि्वटरले प्रयोगकर्ताको जन्मदिनको अवसरमा टि्वटर ह्याण्डिललाई बेलुनले सजाइदिन सुरु गरेको छ ।
 
माइक्रोब्लगिङ साइट टि्वटरको साइटमा रहेको सेटिङ मेन्यूमा गएर आफ्नो जन्ममिति हाल्ने विकल्प उपलब्ध गराइएकेा छ जुन प्रयोगकर्ताको प्रोफाइल पेजमा देख्न पाइन्छ ।
 
टि्वटरको एक ब्लग पोष्टमा लेखिएको छ, ‘६ जुलाई देखि तपाइँले आफ्नो जन्मदिन टि्वटर प्रोफाइलमा देखाउन सक्नुहुन्छ । आफ्नो प्रोफाइलसँग बर्थडे जोड्नका लागि ‘इडिट प्रोफाइल’ को विकल्प छान्नुहोस् ।’
आफ्नो जन्ममितिलाई आफ्नो प्रोफाइलको हिस्सा बनाउने की नबनाउने त्यो पूर्ण रुपमा प्रयोगकर्ताको हातमा हुने टि्वटरले जनाएको छ । साथै आफ्नो त्यो जानकारी कसलाई देखाउने, कसलाई लुकाउने भन्ने छनोटको अधिकार पनि प्रयोगकर्तामै हुनेछ ।
 
आफ्नो जन्ममिति इन्ट्री गरेपछि स्क्रिनमा नयाँ शुभकामनाका टि्वट्स तथा बेलुन देखापर्छन् । द भर्ज अनलाइनका अनुसार यसबाट टि्वटरले आफ्ना प्रयोगकर्ताले कुन खालका विज्ञापन हेर्न चाहन्छन् भन्ने कुराको विश्लेषण समेत गर्न पाउनेछ ।
 
रिपोर्ट अनुसार चाहे प्रयोगकर्ताले जुनसुकै प्राइभेसी लेभल सेट गरुन् टि्वटरले त्यो जानकारीलाई आफ्नो मार्केटिङ प्रयोजनका लागि प्रयोग गर्दछ ।