मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगरको बछौली पूर्ण खोप घोषणा

रत्ननगरको बछौली पूर्ण खोप घोषणा


चितवन । रत्ननगर नगरपालिकाअन्तर्गतको बछौली सेवा केन्द्र पूर्ण खोप घोषणा भएको छ । रत्ननगरको बछौली सेवा केन्द्र र बछौली स्वास्थ्य चौकीले बिहीबार आयोजना गरेको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदमोहन सिंहले यस क्षेत्रलाई पूर्ण खोप घोषणा गरेका हुन् । रत्ननगरको वडा नम्वर १७, १८, १९ वडा अर्थात् साबिक बछौली गाविसका २९३ जना बालबालिकालाई खोप लगाएर पूर्ण खोप घोषणा गरिएको हो । १ वर्षमुनिका १६१ र एक देखि दुई वर्षभित्रका १३२ गरी २९३ जना बालबालिकालाई सबै प्रकारका खोप लगाई पूर्ण खोप घोषणा गरिएको बछौली सेवा केन्द्रका प्रमुख तथा बछौली स्वास्थ्य चौकीका अध्यक्ष बासु रिजालले बताए । 
 
उनले पूर्ण खोप घोषणा गर्नुपूर्व चैतदेखि अभियान चलाइएको जानकारी दिए । बछौली सेवा केन्द्र नारायणी अञ्चलकै दोस्रो खोप घोषणा भएको क्षेत्र हो भने चितवनको पनि दोस्रो हो । यसअघि नारायणी अञ्चल र चितवनमा जिल्लाको साविक फूलबारी गाविसलाई २ वर्षअघि नै पूर्ण खोप घोषणा गरिसकिएको छ । दुई दिनपछि चितवनको साविक पटिहानी गाविसलाई पनि पूर्ण खोप घोषणा हँुदै छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोइरालाले जिल्लामा पूर्ण खोप अभियान जारी रहेको बताए । उनले अभियानलाई जिल्ला व्यापी बनाएर चितवन जिल्लालाई पूर्ण खोप घोषणा गरिने बताए । 
 
बछौली स्वास्थ्य चौकीका महिला स्वयमसेविकाहरु मीना महतो, प्रभादेवी चौधरी, सीता महतो, गीता श्रेष्ठ, फूलमती चौधरी, चन्द्रकला चौधरी, अर्चना दुवाडी, सीता रिजाल, बिसुनी महतो र स्वास्थ्य चौकीका कर्मचारी पुस्कलराज थपलिया तथा अम्बिका खनाललाई कदरपत्रले सम्मान गरिएको थियो । बछौली सेवा केन्द्रका प्रमुख तथा बछौली स्वास्थ्य चौकीका अध्यक्ष बासु रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बछौली स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद घिमिरेले कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए ।