मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक महिनाभित्र नयाँ संविधान : बद्री पाण्डे

एक महिनाभित्र नयाँ संविधान : बद्री पाण्डे


सौराहा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले एक महिनाभित्र नयाँ संविधान जारी हुने दाबी गरेका छन् । 
नेपाली कांग्रेस चितवनकी सल्लाहकार भगवती बिडारीको निधन भएको १३ औं दिनको पुण्य तिथिमा बिहीबार बछौलीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पाण्डेले संविधान मस्यौदा समितिले नयाँ संविधानको पहिलो मस्यौदा तयार पारिसकेकाले संविधान जारी हुन अब धेरै समय नलाग्ने बताए । उनले १५ दिनमा जनताको सुझाव संकलन गर्ने काम हुने र लगभग एक महिनाभित्र मुलुकले नयाँ संविधान पाउने दाबी गरे । 
संविधानको पहिलो मस्यौदामा मधेशवादी केही दलहरुले विरोध गरिरहेका बेला उनले मुलुकमा सबैलाई मान्य हुने लोकतान्त्रिक संविधान आउने बताए । संविधान निर्माणपछि मुलुक पुनर्निर्माणमा केन्द्रित हुने उनको भनाइ छ । भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माणमा जुटनुपर्ने भन्दै उनले यही बीचमा स्थानीय निकायको निर्वाचनसमेत हुने स्पष्ट पारे । 
कार्यक्रमका वक्ताहरुले बिडारीले पार्टीको जिम्मेवार पदमा रहेर जिल्लाको विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने काम भएको बताए । सहकारीमा आबद्ध भएर बिडारीले थु्रपै महिलाहरुको आयआर्जनमा लगाएकी थिइन् । स्थानीय समाजसेवी राजेन्द्रप्रसाद खरेलले बिडारीको जीवनीका बारेमा जानकारी गराए । 
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, सचिव जीतनारायण श्रेष्ठ, क्षेत्र नं.२ का क्षेत्रीय सभापति कुमार कार्की, रत्ननगर नगर अध्यक्ष रुपनराज घिमिरे, नेपाल महिला संघको जिल्ला अध्यक्ष ठाकुरकुमारी पौडेल, महाधिवेशन समिति सदस्य सुशीला उप्रेती, महासमिति सदस्यहरु सावित्री बोगटी, भीमप्रसाद थपलिया, जगन्नाथ पौडेल, साविक नेपाली काँग्रेस बछौलीका सभापति केदारप्रसाद चापागार्इंलगायतले शोक मन्तव्य दिए । कार्यक्रम नेपाली कांगेस क्षेत्रीय समिति क्षेत्र नं.१ का सभापति राजु सिलवालको अध्यक्षतामा भएको थियो ।