मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महिलाहरुको समाजिक सञ्जाल फेसबुक हृयाक गरेर मानसिक यातना दिने युवक पक्राउ

महिलाहरुको समाजिक सञ्जाल फेसबुक हृयाक गरेर मानसिक यातना दिने युवक पक्राउ


 
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नेपालगञ्जका २३ वर्षे राहुल वाल्मिकीलाई पक्राउ गरेको हो ।
पेशाले नृत्य प्रशिक्षक रहेका उनलाई नेपालगञ्ज १२ बाट पक्राउ गरिएको हो ।
 
प्रहरीका अनुसार उनले कलेजमा अध्ययनरत छात्रा र मोडलिङमा काम गर्ने महिलाहरुको फेसबुक हृयाक गरेको पाइएको छ ।
 
उनले फेसबुक हृयाक गरेर अश्लील तस्वीर, भिडियो राख्ने तथा गोपनियता भङ्ग गरिदिन्छु भन्दै मानसिक यातना दिने गरेको पाइएको छ ।
 
पीडितमध्येकी सामाखुसी बस्ने एक युवतीले भनिन्-‘मेरो फेसबुक हृयाक भयो, मैले साथीको एकाउन्टबाट के चाहियो भन्दा रिप्लाइ आएन ।’
 
उनका अनुसार राहुल बाल्मिकीले प्रहरीमा उजुरी गरे अश्लील भिडियो बनाएर सार्वजनिक गर्ने धक्की समेत दिएका थिए । आईटीबारे चासो राख्ने राहुल बाल्मिकीले सुरुमा एक महिलाको फेसबुक हृयाक गरेका थिए ।
त्यसबाट अन्य महिला र पुरुषलाई फ्र्रेण्ड रिक्वेस्ट पठाएर आफूले सौन्दर्य प्रतियोगितामा भाग लिएको र भोटिङका लागि भन्दै कोड पठाउने गरेका थिए । 
 
 हृयाक गरेपछि पीडितलाई मानसिक यातना दिने उनले केहीसँग भने १००० रुपैयाँको रिचार्ज कार्ड समेत माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।