मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनताको चाहनाअनुरुपको संविधान जारी हुन्छ : उपप्रधानमन्त्री सिंह

जनताको चाहनाअनुरुपको संविधान जारी हुन्छ : उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुरुपकै संविधान निर्माण हुने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–३४ वडाले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै सिंहले संविधानको प्रारम्भिक मस्यौदा आइसकेकाले जनताको राय सुझाव लिएर अन्तिम रुप दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही दिनमै प्रारम्भिक मस्यौदा जनतामाझ आउँछ, तपाइँहरुले त्यसमा आफ्नो राय सुझाव दिन सक्नुहुनेछ ।” उहाँले जनताबाट आएको सुझावलाई समेटेर संशोधन गरिने विश्वास दिलाउनुभयो ।

मन्त्री सिंहले लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा चाहिँ कुनै सम्झौता नहुने पनि प्रस्ट पार्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले संविधानमा ज्येष्ठ नागरिकका लागि महानगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।

सो अवसरमा ३४ वडाका शारीरिक रुपमा अशक्त भएका ८८ वर्ष माथिका ५० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । रासस