मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुनसरीमा अवैध निजी विद्यालयको बिगबिगी

सुनसरीमा अवैध निजी विद्यालयको बिगबिगी


इनरुवा । सुनसरीको गौतमपुर गाविससहित दक्षिणवर्ती क्षेत्रमा अवैध निजी विद्यालयको बिगबिगी बढेको छ । गौतमपुरको लोटस इङ्लिस बोर्डिङ स्कुलसहित दर्जनौँ अवैध निजी विद्यालय अवैध रुपमा सञ्चालनमा रहेको खुलासा भएको छ ।

लोटस स्कुलले करिब डेढ सय विद्यार्थीको विभिन्न सरकारी विद्यालयमा नाम लेखाई अभिभावक ठगी गरिरहेकोे स्थानीयवासीले गुनासो गरेका छन् । स्कुलका प्रिन्सिपल शम्भु साहले अवैध रुपमा अभिभावक ठगी गरिरहेको सोही विद्यालयका विद्यार्थीले गुनासो गरेका छन् ।

प्रिन्सिपल साहले तीन वर्षयतादेखि बिनादर्ता कक्षा ७ सम्म पढाइ सञ्चालन गरिरहेको विद्यालयका एक विद्यार्थीले गुनासो पोख्नुभयो ।

प्रिन्सिपल साह स्वयम् आफू पनि अनुशासनमा नरहेको समेत विद्यार्थीले गुनासो गरेका छन् ।

जिल्लाको लौकही, इनरुवा, भुटहा, गौतमपुरलगायतका क्षेत्रमा खुल्लमखुल्ला अवैध निजी विद्यालय सञ्चालन गरेको भए पनि शिक्षा कार्यालयले कारबाही गर्न कुनै तदारुकता नदेखाएको स्थानीयवासीले बताएका छन् ।

आफूहरु पटक पटक जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद दुलालसमक्ष अवैध निजी विद्यालयलाई कारबाही गर्नका लागि आग्रह गरे पनि मासिक रकम लिने गरेका कारण कारबाहीमा कुनै तदारुकता नदिएको स्थानीयवासीको भनाइ रहेको छ ।

यता जिल्ला शिक्षा अधिकारी दुलालले आफूहरुको मिलेमतो नभई आफूहरुले अगुगमनको बाटोलाई अगाडि बढाएको प्रतिक्रिया दिनुभयो ।

उहाँले सुनसरीमा कति अवैध निजी विद्यालय छन् तीनको तथ्यांक सङ्कलनको कार्य जारी राखेको र सो कार्य भइसकेपछि दर्ता भएको अनुमतिपत्र हेरेर त्यस्ता भेटिए विद्यालयलाई कारबाही गर्ने बताउनुभयो ।

सुनसरीमा करिब ३०० निजी विद्यालय दर्ता छन् भने ७०० को हाराहारीमा सञ्चालनमा रहेका छन् । रासस