मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दशैँमा हेर्न पाइने भो अधकट्टीको “कोकाकोला फिगर”

दशैँमा हेर्न पाइने भो अधकट्टीको “कोकाकोला फिगर”


काठमाडौँ । चलचित्र ‘अधकट्टी’ दशैको छेको पारेर प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्माता प्रदिप कुमार उदयले चलचित्र दशैमा आउने बताए । चलचित्रमा समावेश ‘तिम्रो फिगर कोकाकोला’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।
 
सुव्रत आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा अशिष्मा नकर्मी, विल्सन विक्रम राई, प्रदिप बाँस्तोला, गौरव पहारी, रिस्ता बस्नेत मुख्य भूमिकामा छन् ।
 
चलचित्रले पूर्णतया कमेडी बिषयलाई समावेश गरेको छ । चलचित्रमा समावेश कमेडी प्लटहरु उत्कृष्ट रहेको च्यारेटीमा हेर्ने दर्शकले बताएका थिए । दर्शकलाई च्यारेटीमै होल्ड गरेको चलचित्रले हलमा पनि होल्ड गर्ने निर्माता उदयले बताए ।
 
कात्तिक ६ गते काठमाण्डौ र कात्तिक ३ गते मोफसलका हलबाट यो चलचित्र प्रदर्शनमा आउने भएको छ । जेठ ८ लाई प्रदर्शन मिति तोके पनि भूकम्पका कारण यसको प्रदर्शन पछाडि सरेको हो । 

शेयर गर्नुहोस:

0
Shares