मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विश्व खाद्य कार्यक्रमसँग सरकारले माग्यो जवाफ

विश्व खाद्य कार्यक्रमसँग सरकारले माग्यो जवाफ


काठमाडौँ । सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई देशका विभिन्न स्थानमा कुहिएको चामल वितरण गरेको सम्बन्धमा औपचारिक जवाफ मागेको छ ।
 
डब्लुएफपीले पटक-पटक अखाद्य (कुहिएको) चामल बाँड्दा पनि कारबाहीको सिफारिस गर्न नसकेको भन्दै चौतर्फी विरोध भएपछि सरकारले औपचारिक जवाफ मागेको छ ।
 
सरकारले पत्र पठाएर नै डब्लुएफपीसँग औपचारिक जानकारी माग गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिए ।
 
पटक पटक अखाद्य चामल बाँड्दा पनि कुनै कारबाहीको सिफारिस गर्न नसकेको भन्दै चौतर्फी विरोध भएपछि सरकार दबाबमा परेको थियो । यसअघि नै मौखिक जानकारी दिएको भन्दै तर्कदै आएको सरकारले ब्यवस्थापिका संसद मानवअधिकार आयोग र नागरिक समाजको दबाब परेपछि पत्र पठाएर नै जवाफ मागेको हो ।