मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाबालकको टाउको काटी बलि दिनेलाई सर्वस्वसहित जन्मकैद

नाबालकको टाउको काटी बलि दिनेलाई सर्वस्वसहित जन्मकैद


मकवानपुर । बोक्सी विद्या प्राप्त गर्नका लागि भन्दै नाबालकको बली दिने दुई जनालाई पुनरावेदन अदालत हेटौंडाले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
 
पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश कुमारप्रसाद पोख्रेल र सरिता शर्माको संयुक्त इजलासले रौतहट जिल्ला समनपुर गाविस–८ बस्ने महादेवी भन्ने महवादेवी यादव र उनका गुरु मानिएका छविलाल रायलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । 
 
अन्धविश्वासमा लागेर अमानवीय कार्यगरी बालकलाई हत्या गरेको भन्दै दुवै जनालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकृत बद्रीप्रसाद लामिछानेले जानकारी दिए । 
 
महवादेवीलाई रौतहटको जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरे पनि धामी छविलाल राय यादवलाई भने सफाइ दिएको थियो ।
 
यादव र राय मिलेर २०६९ साल जेठ ६ गते राति १२ बजेको समयमा सर्लाही जिल्ला मानपुर गाविस–९ बस्ने गणेश राय यादवका छोरा नितेश राय यादवको टाउको काटेर बली दिएका थिए ।