नेपाल

नाबालकको टाउको काटी बलि दिनेलाई सर्वस्वसहित जन्मकैद

नाबालकको टाउको काटी बलि दिनेलाई सर्वस्वसहित जन्मकैद


मकवानपुर । बोक्सी विद्या प्राप्त गर्नका लागि भन्दै नाबालकको बली दिने दुई जनालाई पुनरावेदन अदालत हेटौंडाले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
 
पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश कुमारप्रसाद पोख्रेल र सरिता शर्माको संयुक्त इजलासले रौतहट जिल्ला समनपुर गाविस–८ बस्ने महादेवी भन्ने महवादेवी यादव र उनका गुरु मानिएका छविलाल रायलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । 
 
अन्धविश्वासमा लागेर अमानवीय कार्यगरी बालकलाई हत्या गरेको भन्दै दुवै जनालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकृत बद्रीप्रसाद लामिछानेले जानकारी दिए । 
 
महवादेवीलाई रौतहटको जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरे पनि धामी छविलाल राय यादवलाई भने सफाइ दिएको थियो ।
 
यादव र राय मिलेर २०६९ साल जेठ ६ गते राति १२ बजेको समयमा सर्लाही जिल्ला मानपुर गाविस–९ बस्ने गणेश राय यादवका छोरा नितेश राय यादवको टाउको काटेर बली दिएका थिए ।
 

शेयर गर्नुहोस:

0
Shares